काठमाडौँ, २९ फागुन । नेपाल प्रहरीले काठमाडौँको बालाजुमा एक व्यक्तिलाई धारिलो हतियार प्रयोग गरी कुटपिट गर्ने तीन जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँ र मातहतको टोलीले शनिबार काठमाडौँ महानगरपालिका–१६ गङ्गाहल नजिक नुवाकोट विदुर नगरपालिका–४ घर भई काठमाडौँ महानगरपालिका–१६ बालाजु बस्ने २४ वर्षीय सुमन पण्डितलाई धारिलो हतियार प्रयोग गर्ने तीनजनाई पक्राउ गरी आइतबार…