काठमाडौँ, २ साउन । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले मंगलबार मलेसियाको क्वालालम्पुर–काठमाडौँ उडानका क्रममा रहेको ९एन–एकेडब्लू जहाजको घटना छानबिन गर्न २ सदस्यीय छानबिन उपसमिति गठन गरेको छ । निगमले निर्देशक महेश मरिताको संयोजकत्वमा छानबिन उपसमिति गठन गरेको हो । उक्त समितिमा सदस्य सचिवको रूपमा अर्का निगमकै निर्देशक पोशक ज्ञवाली रहेका छन् । आवश्यकताका आधारमा…