अवैध मदिरा खरिद तथा बिक्री गर्नेलाई कारबाहीको चेतावनी

काठमाडौँ, १२ असार । आन्तरिक राजस्व विभागले अवैध मदिरा खरिद तथा बिक्री भइरहेको भन्दै कारबाहीको चेतावनी दिएको छ । अन्तःशुल्क ऐन २०५८ तथा नियमावली २०५९ बमोजिम इजाजतपत्र नलिई अवैध मदिरा खरिद बिक्री भइरहेको भन्दै विभागले कारबाहीको चेतावनी दिएको हो । “इजाजतपत्रवालाले मात्र स्वदेशी तथा विदेशी मदिराको कारोबार गर्नुपर्ने, अन्तःशुल्क टिकट लगाइएका मदिराहरूको मात्र खरिदबिक्री गर्नुपर्ने…