नवलपरासी, ९ असार । नवलपुरको शनिश्चरे तालको पुनःनिर्माण गरिएको छ । जिल्लाको देवचुली नगरपालिका–१ मा अवस्थित तालको गण्डकी प्रदेश सरकारको सहयोगमा पुनःनिर्माण सम्पन्नभएको हो । जिल्लाकै ठूलो तालका रुपमा रहेको शनिश्चरे ताल साँघुरिँदै गएपछि ताल सफा गर्ने, ताल पुरिएको स्थानमा खन्नेलगायतको काम गरिएको सिसबार उपभोक्ता समितिका अध्यक्ष नेत्रबहादुर पाण्डेले बताए । एकतीस बिघा क्षेत्रफलमा फैलिएको…