स्कुटरलाई ठक्कर दिने बसमा आगजनी

मोरङ, २५ जेठ । मोरङ सडक दुर्घटनापछि आक्रोशित स्थानीयवासीले बसमा आगजनी गरेका छन् । आज पूर्व पश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको बसले विपरीत दिशाबाट गइरहेको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएपछि आक्रोशित स्थानीयले बसमा आगो लगाएका हुन् । मोरङ उर्लाबारी नगरपालिका ३ नयाँ मङ्गलबारेमा मे १ ख ३०७३ नम्बर बसले पूर्वबाट पश्चिमतर्फ जाँदै…