काठमाडौँ, १९ मंसिर । स्वस्थ माटोको महत्वबारे जनचेतना जगाउन र माटोको उर्वरा शक्तिको दिगो व्यवस्थापनका लागि पैरवी गर्ने उद्देश्यले हरेक वर्ष डिसेम्बर ५ तारिख अर्थात् आजका दिन विश्व माटो दिवस मनाइन्छ । सन् २०१३ को डिसेम्बरमा संयुक्त राष्ट्रसंघको महासभाले डिसेम्बर ५, २०१४ लाई पहिलो आधिकारिक विश्व माटो दिवस घोषणा गरेको थियो । नेपालले २०७२ सालदेखि…