१० जना जुवाडे पक्राउ

काठमाडौँ, २० कार्तिक । काठमाडौँको नयाँबजारबाट १० जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त लैनचौरबाट खटिएको टोलीले काठमाडौं महानगरपालिका–६, नयाँबजारस्थित गीताञ्जली चोक बस्ने राजेश श्रेष्ठको घरमा जुवातास खेलिरहेको अवस्थामा नागार्जुन नगरपालिका–१ बस्ने ४३ वर्षीय रोशन ठकुरी समेत १० जनालाई पक्राउ गरेको हो । उनीहरूलाई दुई लाख ४२ हजार रुपैयाँ, कौडा १६ र मोबाइल ११…