उडेको १७ मिनेटमै श्री एयरलाइन्सको जहाज फर्कियो

काठमाडौँ, २५ बैशाख । भैरहवास्थित गौतम बुद्ध विमानस्थलबाट काठमाडौँका लागि उडेको श्री एयरलाइन्सको जहाज प्राविधिक समस्या देखिएपछि भैरहवा नै फर्किएको छ । कम्पनीका प्रवक्ता अनिल मानन्धरका अनुसार श्री एयरलाइन्सको एसएचए ८२२ नम्बरको ७२ सिटे विमान बिहान ९ः ४० बजे काठमाडौँका लागि उडेको थियो । तर, उडानको करिब १७ मिनेटपछि नै विमानमा केही प्राविधिक समस्या देखिए…