गोरखा, २४ असोज । उत्तरी गोरखामा पहिरोमा परेर घाइते भएका एक जनालाई नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको छ । सुर्खेत घर भएका ४२ वर्षीय दीपक विकलाई उद्धार गरिएको हो । वर्षाले गोरखाको चुमनुब्री गाउँपालिका–६ लोक्पामा पहिरो झरेको थियो। उक्त पहिरोमा परेर घाइते भएका उनलाई आइतबार हेलिकप्टरबाट उद्धार गरिएको हो । उनलाई उद्धार गरी काठमाडौं ल्याइएको…