घर भत्किँदा एक जनाको मृत्यु

बैतडी, ४ असोज । घर भत्किँदा च्यापिएर बैतडीमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको पञ्चेश्वर गाउँपालिका– १ लेककी १५ वर्षीया पूजा लुहार रहेकी बैतडीका प्रहरीले जनाएको छ । सोमबार माटोको छानो भएको घर एक्कासी दुई बजेतिर भत्किँदा सुतिरहेकी पूजाको च्यापिएर मृत्यु भएको बताइएको छ । वर्षाका कारण कमजोर भएको छानो राति एक्कासि…