त्रिशूली, ४ चैत । नुवाकोटको बेलकोटगढी नगरपालिका–३ निवासी पूर्णरूपमा शारीरिक अशक्त रोजिना बजगाईँले घरमा नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गरेकी छन् । शारीरिकरूपमा अशक्त व्यक्तिले पाउने सामाजिक सुरक्षा भत्तावापतको रकम नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गर्ने उमेर पुगेपछि नागरिकता अनिवार्य भएकाले उक्त सुविधाबाट बञ्चित हुन नदिन नुवाकोट प्रशासनले घरमै पुगेर उनलार्य आज नागकिरताको प्रमाणपत्र उपलब्ध गराएको हो…