एक महिनामा २ हजार ४९१ थान सवारी लाइसेन्स छापियो

काठमाडौँ, २० मंसिर । यातायात व्यवस्था विभागले एक महिनामा २ हजार ४९१ थान अत्यावश्यक सवारी लाइसेन्स छापिएको जनाएको छ । सुरक्षण मुद्रण केन्द्रबाट छापिएका उक्त सवारी लाइसेन्स विभागले आफ्नो फेसबुक पेज ‘हेल्लो यातायात व्यवस्था विभाग’ मार्फत सार्वजनिक गरेको हो ।  गत कात्तिक २१ गते काभ्रेको पनौतीस्थित सुरक्षण मुद्रण केन्द्रबाट सवारी लाइसेन्स छपाइ सुरु भएको थियो…