काठमाडौँ, १४ साउन । देशका केही स्थानहरूमा आज भारी वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार अहिले देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । प्रदेश नम्बर–१, वाग्मती प्रदेश र लुम्बिनी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा पश्चिममा सरदर…