चट्याङ लागेर एक जनाको मृत्यु

दाङ, ३२ असार । जिल्लाको घोराही उपमहानगरपालिका वडा न १९ मा चट्याङ लागेर एक किशोरको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार चट्याङ लागेर घोराही उपमहानगरपालिका वडा नम्बर १९ खानीगाउँका १५ वर्षीय शङ्कर विककाे मृत्यु भएको हो । गाईगोरु चराउन गएको समयमा उनलाई शुक्रवार बेलुकी चट्याङ लागेर घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ…