चितुवाको आक्रमणबाट एकै घरका पाँच जना घाइते

काठमाडौँ, ३० आसार । काठमाडौँको नागार्जुन नगरपालिका-८ भीमढुङ्गा स्थित हर्साखोलामा चितुवाको आक्रमणमा परि एकै घरका पाँच जना घाइते भएका छन् । प्रहरी कार्यालय काठमाडौँका अनुसार गएराती एक बजे हर्सनखोला बस्ने ४९ वर्षीय पञ्चकुमार भट्टराईको घरमा पसि चितुवाले आक्रमण गर्दा पाँच जना घाइते भएका हुन् । घाइते पाँचै जनाको काठमाडौँको मनमोहन अस्पतालमा उपचार भइरहेको छ ।…