राजविराज, ३१ असार । सप्तरीको डाक्नेश्वरी नगरपालिका–८ स्थित कटीमा आज एक महिलाको कुटपिटबाट मृत्यु भएको छ । मृत्यु हुनेमा कटी निवासी ५५ वर्षीया जीरादेवी मण्डल रहेको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले बताए । सोही ठाउँका राजेश शर्मा र गणेश शर्माले जीरादेवीलाई कुटपिट गर्दा उनको मृत्यु भएको थियो । स्थानीय मनोज मण्डल साइकलमा खाद्यान्न लिएर आफ्नो…