थप ६ जनामा हैजा पुष्टि, संक्रमितको संख्या २८ पुग्यो

काठमाडौँ, २९ असार । काठमाडौँ उपत्यकामा हैजा संक्रमितको संख्या २८ पुगेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार संक्रमित हुनेमा ६ जना १४ वर्षमुनिका बालबालिका छन्, जसमध्ये ३ जना ५ वर्षमुनिका शिशु रहेको छ । हैजा संक्रमितको संख्यामध्ये काठमाडौँ महानगरपालिकामा ११, कागेश्वरी मनोहरामा ८, चन्द्रागिरीमा २, बुढानीलकण्ठमा १ र कीर्तिपुरमा १ जना संक्रमित देखिएका…