गलकोट, १० माघ । मौरीपालन व्यवसायका लागि उपयुक्त बनेको पहाडी जिल्ला बागलुङ पछिल्लो समय मौरीपालनको ‘हब’ बन्दै गइरहेको छ । पहाडी क्षेत्रमा चरेका मौरीको मह अग्र्यानिक र स्वस्थकर मानिने भएकाले पछिल्लो समय जिल्लामा मौरीपालन व्यवसाय फस्टाभएको छ । यहाँका थुप्रै स्थानमा मौरीपालन व्यवसाय फस्टा उँदो क्रममा रहेको सन्दर्भमा बाहिरी जिल्लाबाट समेत मौरीको चरन क्षेत्रका रूपमा…