पौष २७ गते सार्वजनिक बिदा

काठमाडौँ, २६ पौष । सरकारले पृथ्वी जयन्तीको अवसरमा २७ पुसमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले २७ पुसमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो । सत्ता साझेदार दल राप्रपाले पुस २७ मा सार्वजनिक बिदा दिनुपर्ने माग गर्दै आएको थियो ।