आगामी तीन दिन देशभर भारी वर्षा हुने, उच्च सावधानी अपनाउन आग्रह

काठमाडौँ, १५ असार । जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिन देशभर भारी वर्षा हुने भन्दै उच्च सावधानी अपनाउन आग्रह गरेको छ । आज गृह मन्त्रालयमा बसेको मनसुन पूर्वतयारी तथा प्रतिकार्य बैठकमा विभागका महानिर्देशक कमलराम जोशीले आगामी तीन दिन तराईका सबै जिल्लामा र गण्डकी प्रदेशमासमेत भारी वर्षा हुने जानकारी दिए। उनले भने, “तराईका लगभग…