पृथ्वी राजमार्गमा आगमन सुचारु गर्न वेलिब्रेज आवश्यक

तनहुँ, २७ जेठ । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–४ साँखरस्थित ड्याम नजिक सडक भासिदा दुईतर्फी सवारी आवागमन अवरुद्ध भएको छ । गएरातिदेखि परेको अविरल वर्षाका कारण सडकको केही भाग भासिएको हो । सडकको भाग तलबाट भासिएकाले बेलिब्रिज नराखेसम्म सवारी आवतजावतमा सम्भव नदेखिएको तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए । तत्काल मर्मतसम्भार पनि गर्न…