क्रोएसियामाथि सहज जित निकाल्दै अर्जेन्टिना फाइनलमा

काठमाडौँ, २८ मंसिर । लियोनल मेसीले जर्मनीका लोथर म्याथुसको नाममा रहेको विश्वकपका सर्वाधिक खेल खेल्ने खेलाडीको कीर्तिमानसँग बराबरी गरेको खेलमा मंगलबार अर्जेन्टिनाले साविक उपविजेता क्रोएसियालाई ३–० ले हराउँदै कतारमा जारी फिफा विश्वकपको फाइनलमा स्थान बनाएको छ । यो खेलसँगै मेसीले यसअघि लोथरको नाममा रहेको विश्वकपमा २५ खेल खेलेको कीर्तिमानसँग बराबरी गरे । यसबाहेक मेसीले विश्वकपमा…