दाङ, २९ बैशाख । दाङको घोराहीमा एक महिलाको जलाशयमा डुबेर मृत्यु भएको छ । प्रहरीका अनुसार घोराही उपमहानगरपालिका वडा नं. १६ ढिकपुरस्थित मानव निर्मित कृत्रिम जलाशयमा डुबेर स्थानीय ३० वर्षीया विमला घर्ती मगरको मृत्यु भएको हो । डिलमा बसेर नुहाउने क्रममा चिप्लिएर मगर जलाशयमा डुब्न पुग्दा मृत्यु भएको र उनको शव पोष्टमार्टमका लागि राप्ती स्वास्थ्य विज्ञान…