काठमाडौँ, २३ बैशाख । नेपालमा हाल स्थानीय वायु र भारतको मध्य प्रदेशदेखि पश्चिम बंगालको समथर भू–भागमा बनेको न्यूनचापीय प्रणालीको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार अहिले प्रदेश नम्बर–१, वाग्मती प्रदेश र गण्डकी प्रदेशसहित बाँकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली छ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ…