सुनसरी, २० चैत । जिल्लाको इटहरी उपमहानगरपालिका २ स्थित बम बिष्फोटन भएको घटनामा संलग्न रहेको अभियोगमा चारजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ईटहरी उपमहानगरपालिका २ बस्ने २० वर्षीय रविन थापा, सोही ठाउँ बस्ने ३२ वर्षीया लक्ष्मीदेवी थापा, लमजुङ ढोडेनी गाउँपालिका ७ बस्ने २३ वर्षीय शेरजंग गुरुङ र झापा कन्काइ नगरपालिका ८ लक्ष्मीपुर बस्ने…