सरकारी छाप किर्ते गर्ने १२ जना पक्राउ

काठमाडौँ, २ चैत । सरकारी छाप किर्ते गरेको आरोपमा काठमाडौँबाट १२ जना पक्राउ परेका छन् । aत्रिपुरेश्वरस्थित राहदानी विभागमा किर्ते सरकारी छाप प्रयोग गरी छिटो पासपोर्ट बनाइदिने प्रलोभन देखाई ठगी गरेको आरोपमा उनीहरू पक्राउ परेका हुन् । महानगरीय प्रहरी कार्यालय कालीमाटीबाट खटिएको विशेष प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा काठमाडौँको गोंगबु, मिलन…