झापा, १६ असोज । जिल्लाको कमल गाउँपालिका–२ मिलडाँगीका २३ वर्षीय चन्द्रबहादुर माझी आमा र काकाको हत्या आरोपमा पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार गएराति चन्द्रबहादुरले घरमा सुतिरहेका ५० वर्षीया आमा चन्द्रकला र काका ५० वर्षीय सन्तबहादुर माझीको धारिलो खुकुरी प्रहार गरी हत्या गरेको हो । उनीहरूलाई सुतिरहेको अवस्थामा राति १० बजे चन्द्रबहादुरले…