सप्तरी, १४ असोज । सप्तरीको छिन्नमस्ता गाउँपालिकाको ललापटीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार आज छिन्नमस्ता–४ ललापटी बस्ने ५० वर्षका नारायण यादवको घरदेखि टाढा गाउँकै खेतबारीमा कृषि मिटरद्वारा जडान गरिएको पानी तान्ने मोटरमा करेन्ट लागेर मृत्यु भएको हो । शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा परीक्षणका लागि पठाइएको छ भने…