निर्वाचन आचारसंहिता भोलिदेखि लागू हुने

काठमाडौ ११ असोज । भोलिदेखि निर्वाचन आचारसंहिता, २०७९ लागू गर्ने निर्वाचन आयोगले निर्णय गरेको छ । निर्वाचन आयोगले भोलि असोज १२ गते बुधवारदेखि निर्वाचन आचारसंहिता, २०७९ लागू गर्ने निर्णय गरेको आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले जानकारी दिए । आयोगले आचारसंहिताको पालना र कार्यान्वयन गर्न सबैको सहयोगको अपेक्षा गरेको पनि उनले बताए ।