काठमाडौँ, ७ असोज । प्रहरीले सुनका गरगहना चोरेको आरोपमा २ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार नुवाकोट तारकेश्वर नगरपालिका–९ घर भई चन्द्रागिरि –९ मच्छेगाउँ बस्ने २३ वर्षीय रविन्द्र रिमाल र मच्छेगाउँकै २९ वर्षीय सुजन सुनारलाई पक्राउ गरेको हो । प्रहरी वृत्त थानकोटको टोलीले चन्द्रागिरि नगरपालिका-१४ नैकापस्थित एक महिलाको घरबाट ८.५ तोला…