हिरासतमा जीवन हरण

काठमाडौँ, २५ भदौ । वनसम्बन्धी मुद्दामा पक्राउ परेका वीरेन्द्रनगर-१३ का ५८ वर्षीय धनीराम लामिछानेको हिरासतमै यही भदौ ४ गते मृत्यु भयो। छपान (नम्बरिङ) गरिएका सालको रूख काटेको आरोपमा लामिछानेलाई पक्राउ गरिएको थियो । डिभिजन वन कार्यालयको हिरासतमा लामिछाने झुन्डिएको अवस्थामा फेला परेपछि उनका परिवार तथा आफन्तले शव नबुझीकन आन्दोलन गरे । डिभिजन वन कार्यालय र…