काठमाडौँ, ८ फागुन । बन्धक बनाएर एक विवाहित महिला बलात्कृत भएकी छन्। मेलौली नगरपालिकाकी ३० वर्षीया महिला बलात्कारको शिकार भएकी हुन्। महिला बलात्कृत भएपछि पीडित पक्षले मेलौली–१ का २६ वर्षीय करनसिंह नेगीको नाममा किटानी जाहेरी दिएको छ। आरोपित ती व्यक्ति फरार रहेको र खोजी कार्य भइरकेको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए।…