काठमाडौँ, १४ माघ । आज बिहान पहाडी भू–भागमा आंशिक बदली रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार तराइका केही भू–भागमा हुस्सु र कुहिरो लागेको छ । आज दिउँसो प्रदेश १, वाग्मती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि सामान्यतया बदली रहने छ भने देशका बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ ।…