टिपरको ठक्करबाट साइकल यात्रीको मृत्यु

झापा, १२ साउन । झापामा टिपरको ठक्करबाट एक जना साइकल यात्रीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार बुधबार साँझ कमल गाउँपालिका-५ स्थित सडकमा बागमती प्रदेश-०३-००१ क २१२ नम्बरको टिपरले ठक्कर दिंदा पाँचथर तुम्बेवा गाउँपालिका-५ का संजिप इम्सङ लिम्बुको घटनास्थलमै मृत्यु भएको हो । टिपर चालक मकवानपुरका ३१ वर्षीय सुजन वाइवालाई प्रहरीले नियन्त्रणमा…