काईनेटिक ढुङ्गाको कारोबार गर्ने दुई जना पक्राउ

सुर्खेत, २१ असोज । सुर्खेत प्रहरीले गोप्य सूचनाका आधारमा बुधबार बेलुकी काईनेटिक ढुङ्गाको कारोबार गर्ने दुई जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । वीरेन्द्रनगर नगरपालिका–१२ नारायण टोलबाट जुनीचाँदे गाउँपालिका–७ स्थायी ठेगाना भएका हाल वीरेन्द्रनगर–१२ नेवारे बस्ने ३२ वर्षीय रामकृष्ण घर्ती र वीरेन्द्रनगर–१२ नारायण टोलका जयधनी बस्नेतलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार…