काठमाडौँ, २८ असोज । देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा परि पाँच जनाको मृत्यु भएको छ । नवलपरासी बर्दघाट सुस्ता पूर्वको देवचुली नगरपालिका–१६ रजहर चोकमा दुईवटा मोटरसाइकल आपसमा ठोक्किँदा एक महिलाको मृत्यु भएको छ । तीनजना घाइते छन् । पूर्व–पश्चिम राजमार्गमा लु२२प ६७६९ र वाग्मती प्रदेश ०३ ००३ प १५२६ नम्बरका मोटरसाइकल हिजो साँझ करिब…