भक्तपुर, २२ असोज । भक्तपुरको चाँगुनारायणबाट १६ जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार गएराति चाँगुनारायण नगरपालिका–४ खोरियागाउँस्थित ईश्वर तामाङको पुल हाउसबाट तास खेल्नेहरुलाई पक्राउ गरिएको हो । जुवा खालबाट प्रहरीले ४१ हजार नगदसहित पुल हाउसका संचालक ईश्वर तामाङ, चाँगुनारायण नगरपालिका बस्ने विष्णु बहादुर तामाङ, अजय पुडासैनी, तिलक तामाङ, सुजन तामाङ र सुमित…