भक्तपुर, १२ असोज । भक्तपुरको सल्लाघारीमा १८ चक्के ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलका चालकको मृत्यु भएको पर्हरिले जनाएको छ । गएराति राति भारतीय नम्बर प्लेट आर जे ०२ जी बी १९१७ नम्बरको १८ चक्के ट्रकले ठक्कर दिँदा प्रदेश ३–०२००८ प २५०१ नम्बरको मोटरसाइकलका चालक भक्तपुर बालकोट बस्ने ४५ वर्षका गणेश रजौराको मृत्यु भएको हो ।…