भक्तपुर, ४ भदौ । भक्तपुरको गठ्ठाघर चोकमा आगलागी भएको छ । हिजो बेलुका भुपेन्द्रमान सिंहको घरमा बिजुलीको तार सर्ट भएर आगलागी हुँदा १३ लाख रुपैयाँ बराबरको नोक्सानी भएको छ । आगलागीबाट घरको पहिलो तलामा रहेका सबै सामान जलेर नष्ट भएको छ । आगो स्थानीय बासिन्दा, प्रहरी र दमकलको प्रयासमा आधा घण्टापछि निभाइएको थियो ।