आजको मौसम

काठमाडौँ, २३ साउन । हाल नेपालमा मनसुनी वायुको प्रभाव रहेकोले देशभर सामान्यदेखि पूर्ण बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज देशभर सामान्य देखि पूर्ण बदली रही केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, कर्णाली तथा सुदूर पश्चिम प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन रचट्याङ्गसहित भारी वर्षाको…