काठमाडौँ, २४ असार । अभियान्ताको नाममा बाहिरबाट आएर समाजमा गरिएका क्रियाकलापले अनुसन्धानमा कठिनाई भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । पूर्वी चितवनको राप्ती नगरपालिका–३ की सुजिता भण्डारी मृत्यु प्रकरणमा प्रहरीले एक सयभन्दा बढी व्यक्तिसँग सोधपुछ गरेको छ । आज चितवन प्रहरीले पत्रकार सम्मेलनको आयोजना गरी शङ्कास्पदसँग सोधपुछको काम गरेको हो । उक्त अवसरमा प्रहरी उपरीक्षक…