काठमाडौँ, १५ असार । आउँदो दसैं र तिहारबीच फेवाताल, पोखरा बजार, अन्नपूर्ण, धौलागिरी, माछापुच्छ«ेलगायतका हिमाल आकाशबाटै अवलोकन गदै अब केबलकारबाट ८ मिनेटमै सराङ्कोट पुगिने भएको छ। फेवातालको किनार पोखरा–१८ सेदीबगरबाट सराङ्कोट जाने गरी निर्माण भइरहेको केबलकारको निर्माण सकिएको अब सञ्चालनको तयारीमा रहेको अन्नपूर्ण केवलकार प्रालिका निर्देशक तीर्थराज त्रिपाठीले जानकारी दिए। ‘कोरोना संकटका कारण केबलकार निर्माणमा…