काठमाडौँ, २८ पौष । मकवानपुर, रुपन्देही, बाँके, कैलाली, धनुषा, मोरङ, सिरहा र कपिलवस्तुका छुट्टाछुट्टै स्थानबाट लागुऔषधसहित १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार मकवानपुरको मनहरी गाउँपालिका–८, सिमपानीबाट २० किलो ५०० ग्राम अवैध लागुऔषध चरेस र १० किलो अवैध लागुऔषध गाँजाको धुलोजस्तो देखिने पदार्थसहित राक्सिराङ गाउँपालिका–६ बस्ने ३३ वर्षीय सन्तबहादुर थिङलगायत तीनजनालाई प्रहरीले पक्राउ…