काठमाडौँ, १३ पौष । सूर्य धन राशिमा रहेका बेला पशुपतिनाथ मूल मन्दिरमा धनुर्मास पूजा आराधना गरिएको छ । पुस महिनाभरि सूर्य धनु राशिमा हुन्छन् । हरेक वर्ष पुसमा साइत जुराएर पशुपतिनाथ मूल मन्दिरमा धनुर्मास पूजा आराधना गर्ने परम्परा छ ।धनुर्मास पूजा गर्नुअघि हिजो बिहान पशुपतिनाथलाई चिसोबाट बचाउन तातोपानीले स्नान गराइएको पशुपति क्षेत्र विकास कोषले जनाएको…