इंग्ल्यान्डले नेपाललाई दियो १८५ रनको लक्ष्य

काठमाडौँ, २५ माघ । ज्याकोब बेथेल र ह्यारी ब्रुकको अर्धशतकप्रेरित इंग्ल्यान्डले आईसीसी टी–२० विश्वकपको आफ्नो पहिलो खेलमा नेपाललाई १८५ रनको लक्ष्य दिएको छ । वाङ्खडे स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले २० ओभरमा ७ विकेट गुमाएर १८४ रन बनाउँदै नेपाललाई १८५ रनको लक्ष्य दिएको हो । इंग्ल्यान्डका लागि ज्याकब बेथेलले ३५ बलमा चार चौका…