काठमाडौँ, २३ माघ । स्रोत नखुलेको ठूलो परिमाणको नगदसहित एक जनालाई जिल्ला प्रहरी परिसर काठमाडौँले नियन्त्रणमा लिएको छ । विशेष गस्तीमा खटिएको प्रहरी टोलीले काठमाडौँको बूढानीलकण्ठ नगरपालिका–१ तौलुङ क्षेत्रबाट १८ लाख ५० हजार रुपैयाँसहित उदयपुर घर भएका ४५ वर्षीय प्रबिन किसनलाई पक्राउ गरेको हो । बिहीबार बिहान करिब साढे ४ बजेको समयमा शङ्कास्पद रूपमा हिँडिरहेको…