गुल्मी, २८ चैत । गुल्मीमा शुक्रबार राति मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार गुल्मीदरबार गाउँपालिका -७ मा लु२३प ५०६७ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालक अन्दाजी ४५ वर्षीय रामबहादुर खत्रीको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका रामबहादुरको गुल्मी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको…