गाडीमा एक यात्रु मृत अवस्थामा फेला

काठमाडौँ, २३ असोज । मुगुबाट नेपालगञ्ज जाँदै गरेको गाडीमा एक युवक मृत फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार गाडीमा जुम्ला हिमा गाउँपालिका–१ का २२ वर्षीय गणेश रावत मृत अवस्थामा भेटिएका हुन् । बुधबार साँझ करिब साढे ८ बजे जुम्लाको हिमा गाउँपालिका–१ आर्चायमा मुगुबाट नेपालगञ्जतर्फ  जाँदै गरेका क.प्र. ०२००१ ख ११८० नम्वरको गाडीमा…