काठमाडौँ, २३ असोज । सिराहामा बसबाट खसेर सहचालकको मृत्यु भएको छ । आज बिहान धनगढीमाई नगरपालिका–९ जिरोमाइल नजिकै पूर्वपश्चिम राजमार्गमा विराटनगरबाट जनकपुरधामतर्फ जाँदै गरेको बसबाट खसेर सहचालकको मृत्यु भएको हो । प्रहरीका अनुसार ना.७ ख २६५ नम्बरको यात्रुवाहक बसका सहचालक लहान नगरपालिका–१ निवासी २१ वर्षीय पवनकुमार यादवको उपचारका क्रममा मृत्यु भएको हो । बसको पछाडिको…