त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडानहरु नियमित

काठमाडौँ, १९ असोज । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हवाइ उडान र अवतरण नियमित हुन थालेका छन् । वर्षा कम भएर आकाश खुल्न थालेपछि आज उडान र अवतरण नियमित हुन थालेको हो । प्रतिकूल मौसमका कारण हिजोदेखि आन्तरिकतर्फका उडान रोकिएका थिए । अन्तर्राष्ट्रिय उडानहरु पनि डाइभर्ट भएका थिए । पानी पर्न रोकिएपछि आज बिहानदेखि उडान र अवतरण…